अखिल क्रान्तिकारीको खुला डिजिटल वक्तृत्वकला प्रतियोगितामा शिबु क्षेत्री प्रथम – Nepal Press

अखिल क्रान्तिकारीको खुला डिजिटल वक्तृत्वकला प्रतियोगितामा शिबु क्षेत्री प्रथम

काठमाडौं । खुला डिजिटल बक्तृत्वकला प्रतियोगितामा शिबु क्षेत्रीले प्रथम स्थान हासिल गरेकी छन् । विद्यार्थी एकता दिवसका अबसरमा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को आयोजनामा भएको ‘समृद्ध नेपालको आधार शिक्षा र रोजगार बिषयक खुला डिजिटल बक्तृत्वकला प्रतियोगितामा क्षेत्रीले प्रथम स्थान हासिल गरेकी हुन् ।

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले मंगलबार एक कार्यक्रमका विच खुला डिजिटल बक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक भएको संगठनका उपाध्यक्ष मदन भुलले जानकारी दिए । उनका अनुसार प्रथम स्थान हासिल गर्ने क्षेत्रीले ५९ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् भने दोस्रो स्थान हासिल गर्ने सिक्कुम ईवासामा लिम्बुले ३९ हजार र तेस्रो स्थान हासिल गर्ने ममिशा घिमिरेले १९ हजार रुपैयाँ प्राप्त गरेकी छन् ।

प्रतियोगितमा चौथो स्थान मदन रायमाझी र पाचौं स्थान रोजी बिडारीले हासिल गरेकी छन् । प्रतियोगितामा सहभागि हुने देशभरका सबै विद्यार्थीलाई संगठनका अध्यक्ष पञ्चा सिंहले धन्यवाद ज्ञापन गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *