पारदर्शी ‘नथिङ फोन टू’ नेपालमा, यस्तो छ मूल्य र फिचर – Nepal Press

पारदर्शी ‘नथिङ फोन टू’ नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । बेलायती ब्रान्ड नथिङ मोबाइल नेपालमा सार्वजनिक भएको छ । उक्त मोबाइल नेपालका लागि आधिकारिक वितरक सीजी मोबाइलले सार्वजनिक गरेको हो ।

कम्पनीले दुई भेरियन्टमा ‘नथिङ फोन टू’ नेपालमा सार्वजनिक गरेको हो । नथिङ फोन टूमा टूजीदेखि फाइभजी प्रविधि छ ।

गोरिल्ला ग्लास र अलुमिनियम फ्रेम रहेको फोनमा दुइटा सीम कार्ड लाग्छ ।१६०० निट्स अधिकतम ब्राइटनेस रहेको फोनमा ६.७ इञ्चको एलटीपीओ ओलेड डिस्प्ले छ ।

एन्ड्रोइड १३ रहेको फोन एन्ड्रोइड १४ मा अपग्रेड गर्न सकिने र नथिङ अपरेटिङ सिस्टम २.५.३ मा आधारित रहेको कम्पनीले जनाएको छ ।

यसमा चार एनएम प्रोसेस टेक्नोलोजी प्रयोग गरिएको क्वालकमको एसएम ८४७५ स्न्याप ड्र्यागन ८ प्लसजेन १ चिप सेट छ ।फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगा पिक्सेलको सेल्फी क्यामेरा छ ।

पछाडिको क्यामेराबाट फोरके भिडियो ३०/६० एफपीएसमा खिच्न सकिन्छ भने अगाडिको सेल्फी क्यामेराबाट १०८० पिक्सेलको भिडियो ३० एफपीएसमा खिच्न सकिने कम्पनीले जनाएको छ ।

फिंगरप्रिन्ट सेन्सर रहेको फोनमा ४७०० एमएएचको लिथियमआयन ब्याट्री छ । ‘नथिङ फोन टू’लाई ४५ वाटको चार्जरबाट ५५ मिनटेमा फुल चार्ज गर्न सकिने कम्पनीको भनाइ छ ।

कति छ मूल्य ?

सेतो र डार्क ग्रे रङमा दुई भेरियन्टमा ‘नथिङ फोन टू’ नेपालमा उपलब्ध रहेको सीजी मोबाइल्सले जनाएको छ । जसमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ७५ हजार ६९९ रुपैयाँ छ । यस्तै १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भएको फोनको मूल्य ८३ हजार २९९ रुपैयाँ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर