अर्थमन्त्री पुन भन्छन्- बजेटमार्फत् नीति तथा कार्यक्रम कार्यान्वयन हुन्छ – Nepal Press

अर्थमन्त्री पुन भन्छन्- बजेटमार्फत् नीति तथा कार्यक्रम कार्यान्वयन हुन्छ

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वितगमा जस्तो गुनासो आउन नदिने बताए ।

उनले भने, ‘कार्यक्रम राम्रो आएको छ । यसैलाई समर्थन गर्नेगरी बजेट आउँछ । बजेटमार्फत् यो नीति र कार्यक्रम कार्यान्वयन हुन्छ । विगतमा नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलेन भन्ने गुनासो आउँथ्यो । त्यो हुँदैन ।’

अर्थमन्त्री पुनले कांग्रेसले गरेको सदन अवरोध शोभनीय नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *