नीति तथा कार्यक्रमबारे पूर्वअर्थमन्त्री महतको टिप्पणी- रंग न ढंगको आयो – Nepal Press

नीति तथा कार्यक्रमबारे पूर्वअर्थमन्त्री महतको टिप्पणी- रंग न ढंगको आयो

के-के छन् नयाँ कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले करिब २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश बुँदाहरु दोहोरिएका छन् ।

हरेक सरकारको प्राथमिकतामा पर्ने सुशासन, भ्रष्टाचारको अन्त्य, उत्पादन, उत्पादकत्व बृद्धि, रोजगारी सृजना लगायतका विषय यो पटक पनि प्रचण्ड सरकारको नीति तथा कार्यक्रममा पर्यो ।

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका पूर्वअर्थमन्त्री प्रकाशशरण महतले नीति तथा कार्यक्रमलाई रंग न ढंगको भन्दै टिप्पणी गरेका छन् ।

यति लामो लिस्टमा भनिएका विषय १५ प्रतिशत पनि कार्यान्वयनमा नजाने उनको ठोकुवा छ । नीति तथा कार्यक्रमको लिस्ट नै लामो भएपछि यसको कार्यान्वयनमा कति बजेट चाहिएला यो समीक्षाको पाटो हो । ५६ पेज लामो २१७ बुँदाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । केही बुँदामा नयाँ विषय समावेश भएका छन् भने धेरै बुँदाहरुमा पुरानै कुरा समेटिएको देखिन्छ ।

सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ । महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सक्षम बनाउन सो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गरिबलाई निःशुल्क बीमा, ट्युलाइट र विद्युतीय चुलो वितरण गर्ने बताएको छ । आर्थिक वर्ष २०८१÷८२ को दशकलाई कृषि लगानी दशक घोषण गर्ने भएको छ ।

५ वर्ष भित्र फलफुलमा देशलाई आत्मनिर्भर बनाउने भएको छ । २ वर्ष भित्र पशुपन्छी तथा मत्स्य उत्पादनमा पुर्ण अत्मनिर्भर हुने नयाँ योजना कार्यक्रम नीति तथा कार्यक्रमा समेटिएको छ । प्रत्यक प्रदेशमा कम्तिमा १÷१ हजार गाई भैसीपालन क्षमताकको पुर्वधार सहित स्रोत केन्द्रको विकास गर्ने लक्ष्य रहेको छ । २ वर्ष मित्र खोरेत उल्मूलन गर्ने घोषण पनि सरकारले गरेको छ ।

हिमाली क्षेत्रको भेडा बाख्र, च्यांग्रा र चौंरी लगातको पशुपालन एवंम स्याउ, ओखर र जडिबुटिका ठूला फर्म सञ्चालन गर्न हिमाल समृद्धि कार्यक्रम घोषणा भएको छ ।

५ लाख भूमिहीन, सुकुम्बासी, स्वबासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने भएको छ । भूमिको पुर्ननापी गरी अभिलेख अद्यावधिक गराउने ।

जल पुर्नभरण गर्न चुरे क्षेत्र र भित्रि मधेशका स्थानीय तहमा स्थानीय सामाग्री प्रयोग गरी कम्तीमा १० जलाशय निर्माण गरिने भएको छ । लघुवित्त ऋणीहरुको ऋण पुर्नतालिकीकरण तथा पुर्नसंरचना गरिने ।

निजी क्षेत्रको सहभागितमा ७ वटै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टको स्थापना गरिने तथा कम्तिमा १ हजार युवालाई स्टाटअफ व्यवसाय गर्न सहुलियतपुण ऋण दिने, काठमाडौंको चक्रपथ विस्तार गर्दा चाप भएको ठाउँमा अन्डरपास र ओभरपास निर्माण गरिने उल्लेख छ ।

शिक्षकको तलब अब प्रत्यक महिना उपलब्ध गराइने, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कनसहितको शिक्षण इन्टर्नसिपमा पठाउने व्यवस्था पनि नीतिमा उल्लेख छ ।

विभिन्न विषय क्षेत्रका १ हजार प्रतिभावान युवालाई फेलोसिप उपलब्ध गराउने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।

के-के छन् नयाँ कार्यक्रमहरु ?

– काठमाडौंको चक्रपथ विस्तार गर्दा चाप भएको ठाउँमा अन्डरपास र ओभरपा निर्माण हुन् ।
– शिक्षकले प्रत्यक महिना तलब पाउने
–कृषिमा लगानी दशक
–फलफुलमा ५ वर्षमा र पशुपंक्षी र माछामा २ वर्षमा आत्मनिर्भर
–१ हजार युवालाइ स्टार्टअप सञ्चालन गर्न सहुलियतपुर्ण कर्जा
– सहकारी गाभ्ने
– भूमिको पुर्नापी 
–प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम
– गरिबको निशुल्क बिमा, विद्युतीय चुल्हो, टयुबेल
– तिनै तहका सरकार र नीजि क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा एक हजार गाइभैसी पालन क्षमता पुर्वाधार सहितको स्रोत केन्द्र विकास गरिने
– ५ लाख भुमिहिन र सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरिने ।
– जल पुर्नभरण गर्न चुरे क्षेत्र र भित्रि मधेसका स्थानीय तहमा स्थानीय सामाग्री प्रयोग गरी कम्तीमा १० जलाशय निर्माण गरिने
– लघुवित्त ऋणीहरुको ऋण पुर्नतालिकीकरण तथा पुर्नसंरचना


प्रतिक्रिया

2 thoughts on “नीति तथा कार्यक्रमबारे पूर्वअर्थमन्त्री महतको टिप्पणी- रंग न ढंगको आयो

  1. सुन तस्करी गरेर कमाउन नपाउने भएकाले महतलाई रंग न ढंग लाग्यो ।

    1. रंग भनेकै पहेलो र ढंग भनेकै गुपचुप हुन पर्ने थियोन्त!😁😁

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर