पोखराको प्राइम बहुउद्देश्यीय सहकारीविरुद्ध उजुरी दिन प्रहरीको अनुरोध – Nepal Press

पोखराको प्राइम बहुउद्देश्यीय सहकारीविरुद्ध उजुरी दिन प्रहरीको अनुरोध

पोखरा । पोखरामा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।

मंगलबार सूचना जारी गर्दै कास्की प्रहरीले पोखरा महानगरपालिका–४, गैह्रापाटनमा रहेको उक्त सहकारीबाट रकम फिर्ता नभएकालाई उजुरी दिन आग्रह गरेको हो ।

सहकारीविरुद्ध सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयरधनी प्रमाणपत्र, पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायत परिचय खुल्ने प्रमाणपत्रसहित जेठ २० भित्र उजुरी दिन प्रहरीले बचतकर्तालाई अनुरोध गरेको छ ।

अनुसन्धानका क्रममा यो सहकारीले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना एवं ठगी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराकले अनुसन्धानका लागि मंगलबार नै पत्र प्राप्त भएको डिएसपी शर्माले बताए । सहकारीको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *