इलाम फाकफोकथुम २ मा नेकपा एसलाई ६ भोट- २७९७ सदर मतमा कसको कति ? – Nepal Press

इलाम फाकफोकथुम २ मा नेकपा एसलाई ६ भोट- २७९७ सदर मतमा कसको कति ?

विराटनगर । इलाम २ मा नेकपा एमालेका सुहाङले नेपाली कांग्रेसका डम्बर खड्कासँगको मतान्तर घटाएका छन् । फाकफोकथुमको १ र २ वडाको गणना सकिँदा डम्बरको ११५५ र एमालेका सुहाङ नेम्वाङको १०६३ भोट छ । दुई जनाबीच ८२ मतको फरक छ ।

पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ३१३ भोट ल्याउँदा रास्वपाका मिलन लिम्बू २११ भोटका साथ चौथो स्थानमा छन् । राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङ र नेकपा एसका जीतबहादुर राई केही स्वतन्त्र उम्मेदवारभन्दा पनि पछाडि छन् ।

स्वतन्त्र उम्मेदवार रेशमबहादुर सुनारले ११, दीपेश बोहराले ९ र मनीबहादुर लिम्बूले ८ भोट ल्याउँदा लक्ष्मी र जीतबहादुरको ६-६ भोट छ । १ नम्बर वार्डमा कलमलाई शून्य मत थियो ।

दुई वडाको सदर मत २७९७ छ ।

हेर्नुस् कसको कति मत ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर