जीबी राईलाई ल्याउन पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

जीबी राईलाई ल्याउन पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमति खोज्ने प्रयास भइरहेको बताएका छन् ।

आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोही व्यक्तिलाई नतोकि समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्नेगरि समिति बनाउन कांग्रेससंग छलफल भएको र यसमा सहमति हुने विश्वास व्यक्त गरे ।

उनले मंगलबारसम्म संसदको गतिरोध हटाउने विषयमा सहमति हुने दाबी गरे । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले जीबी राईलाई यसअघिको सरकारले भगाएको भन्ने कुरा कुतर्क रहेको टिप्पणी गरे ।

कानूनी जटिलता हटाएर राईलाई स्वदेश ल्याउन सरकारले पहल गरिरहेको उनले बताए । उनले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको र सोमबार मुख्य सचिवले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम बुझाउने जानकारी दिए ।

प्रधानमन्त्रीले प्रचण्डले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कुरामा कुनै समस्या नहुने समेत बताए । त्यस्तै, उनले यसअघि कांग्रेसलाई राष्ट्रपति दिएर अन्य प्रमुख पद सबै दलहरुलाई दिन खोज्दा कुरा बिग्रिएको भन्दै कांग्रेसले आफुलाई र आफुले कांग्रेसलाई नकारात्मक रुपमा लिनुपर्ने कुनै कारण नभएको धारणा राखे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर