नेकपा एसको स्थायी कमिटी बैठक : महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजमाथि छलफल (भिडिओ) – Nepal Press

नेकपा एसको स्थायी कमिटी बैठक : महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजमाथि छलफल (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजमाथि छलफल भएको छ ।

आइतबार पार्टी कार्यालय आलोक नगरमा बसेको बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, विधान तथा समाजवादी कार्यक्रमको मस्यौदा दस्ताबेजमाथि छलफल भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित २७ जनाले दस्ताबेजमाथि धारणा राखेको उनले बताए ।

उनले सोमबार पार्टीको पोलिटब्युरो बैठक बस्ने र उक्त बैठकमा पनि विभिन्न दस्तावेजमाथि छलफल हुने जानकारी दिए । पोलिटब्युरो पछि बस्ने केन्द्रीय समिति बैठकमा पनि महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल हुने र विभिन्न बैठकमा आएका सुझाव सहित अनुमोदन गरिने प्रवक्ता खतिवडाले बताए ।.

समाजवादीको राष्ट्रिय महाधिवेशन १६ गते देखि २० गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनमा पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालको पार्टीको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालको सांगठनिक प्रतिवेदन र उपाध्यक्ष डा.वेदुराम भुसालको विधान संशोधन प्रतिवेदनमाथि छलफल हुने समाजवादीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर