उपेन्द्रलाई राजीनामा गर्न प्रधानमन्त्रीको सन्देश, जसपाको आकस्मिक बैठक बस्दै – Nepal Press

उपेन्द्रलाई राजीनामा गर्न प्रधानमन्त्रीको सन्देश, जसपाको आकस्मिक बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपालाई सरकारबाट हटाउने तयारी गरेका छन् । उनले यादवलाई राजीनामा गर्न सन्देश पठाएको स्रोतले बताएको छ ।

आज मधेस प्रदेश सरकारबाट फिर्ता हट्ने माओवादी निर्णयले यादव नैतिक संकटमा समेत परेका छन् । स्रोतका अनुसार उनलाई दबाब बढाउनकै लागि गठबन्धनले यो निर्णय लिएको हो ।

यादवले आजै पार्टीको बैठक बोलाएका छन् । प्रधानमन्त्रीबाट गलहत्त्याइनुभन्दा आफैँले सरकार छोड्नु उचित हुने भएकाले उनले बैठक बोलाएका हुन् । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न सक्ने समेत बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर