मधेश सरकारबाट माओवादीले समर्थन पनि फिर्ता लियो – Nepal Press

मधेश सरकारबाट माओवादीले समर्थन पनि फिर्ता लियो

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

दुई मन्त्रीले राजीनामा दिए लगत्तै माओवादीले समर्थन फिर्ता लिएको हो ।

माओवादी संसदीय दलका नेता समेत रहेका वन तथा वातावरण मन्त्री तोकिएका भरत प्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाएका थिए ।

माओवादी दलका नेता साहले आजकै मितिबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् । योसँगै जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव अल्पमतमा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर