जसपा फुट : लुम्बिनीका दुई सांसदले गरे अशोकको पक्षमा सनाखत – Nepal Press

जसपा फुट : लुम्बिनीका दुई सांसदले गरे अशोकको पक्षमा सनाखत

रूपन्देही । लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन् । प्रदेशसभा सदस्यहरू आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिर (यादव) ले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरे ।

दुवै जना बाँके क्षेत्र नम्बर २ को १ र २ बाट प्रत्यक्ष निर्वाचित हुन् ।

प्रदेशमा जसपा नेपालका तीन सांसद रहेका छन् । तीमध्ये अम्बिका काफ्लेले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमै रहने संकेत गरेकी छन् ।

नवगठित जसपाको महासचिवमा लुम्बिनीकै मोहम्मद इस्तियाक राई छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर