मधेशका मुख्यमन्त्री आफैंले लिए एमाले र माओवादीले छाडेका ६ मन्त्रालयको जिम्मा – Nepal Press

मधेशका मुख्यमन्त्री आफैंले लिए एमाले र माओवादीले छाडेका ६ मन्त्रालयको जिम्मा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेकपा माओवादी केन्द्र र नेकपा एमालेले छाडेको सबै मन्त्रालय आफैसँग राखेका छन् ।

मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुर्नगठन गरेको पत्र सार्वजनिक गरेका हुन् । जसमा मुख्यमन्त्री यादवले ६ मन्त्रालयको जिम्मेवारी आफैलाई तोकेका छन् ।

उनले भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, गृह, सञ्चार तथा कानून मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय आफैसँग राखेका छन् ।

एमालेका ४ मन्त्री र दुई राज्यमन्त्री र माओवादीका दुई मन्त्रीले राजीनामा दिँदै सरकारबाट समर्थन फिर्ता लिएका छन् । एमाले र माओवादी समर्थन फिर्ता लिएपछि जसपा नेपालका मुख्यमन्त्री यादव अल्पमतमा परेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर