फाकफोकथुमका ७ मध्ये नेकपा एसका जीतबहादुरलाई ४ वडामा शून्य मत – Nepal Press

फाकफोकथुमका ७ मध्ये नेकपा एसका जीतबहादुरलाई ४ वडामा शून्य मत

मुढा र घण्टी तेस्रोका लागि प्रतिस्पर्धामा, १९ जनाले अहिलेसम्म कति-कति ल्याए ?

विराटनगर । इलाम २ मा पर्ने फाकफोकथुम गाउँपालिकाको ७ वटा वडाको गणना सकिएको छ । अहिलेसम्मको परिणामअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

उनलाई कांग्रेसका डम्बर खड्काले पछ्याइरहेका छन् । यहाँ मुढा तेस्रो र घण्टी चौथो स्थानमा देखिएको छ ।

सुहाङले ४४१३ भोट ल्याउँदा कांग्रेसका डम्बर खड्काले ३२५८ मत ल्याएका छन् । दुईजनाबीच ११५५ मतको अन्तर छ ।

स्वतन्त्र उम्मेदवार डकिन्द्र थेगिम ९६३ भोटका साथ तेस्रो स्थानमा छन् । चौथो स्थानमा रहेका रास्वपाका मिलन लिम्बूको ६४५ भोट छ ।

नेकपा एसका जीतबहादुर राईले ७ वटामध्ये ४ वटा वडामा शून्य भोट प्राप्त गरे । उनले वडा नम्बर २ मा ६ मत, ४ मा ६ मत र ६ नम्बर वडामा ५ गरी अहिलेसम्म १७ मतमात्र प्राप्त गरेका छ्न् ।

अहिले चुलाचुली १ को गणना भइरहेको छ ।

यस्तो छ राति साढे ११ बजेसम्मको गणनाको नतिजा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर