स्कुटर दुर्घटनामा नेपालप्रेसकर्मी नविन गम्भीर घाइते – Nepal Press

स्कुटर दुर्घटनामा नेपालप्रेसकर्मी नविन गम्भीर घाइते

काठमाडौं । नेपालप्रेसकर्मी नविन काजी राई स्कुटर दुर्घटनामा परेका छन् ।

गएराति दरबारमार्गमा भएको दुर्घटनामा परेर राई गम्भीर घाइते भएका हुन् । उनी स्कुटरको पछाडि सवार थिए । दरवारमार्गमा स्कुटरकाे पछाडि सवार रहेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

टाउकोमा चोट लागेको उनलाई ट्रमामा लगिएकोमा थप उपचारको लागि अहिले सिनामंगलस्थित केएमसीमा राखिएको छ । उनको अवस्था गम्भीर रहेको पारिवारिक स्रोतले जनाएको छ ।


प्रतिक्रिया

3 thoughts on “स्कुटर दुर्घटनामा नेपालप्रेसकर्मी नविन गम्भीर घाइते

  1. Get well soon dear साथी हे भगवान हाम्रो साथी लाई छिट्टै नीको गरिदिनुहोस्

  2. दुःखद घटना! पुर्व सहकर्मी मित्र नविन राइलाइ स्वास्थ लाभकाे कामना 💐

Leave a Reply

Your email address will not be published. Required fields are marked *