फाकफोकथुमको गणना सकिँदा सुहाङ डम्बरभन्दा ११५५ भोटले अगाडि – Nepal Press

फाकफोकथुमको गणना सकिँदा सुहाङ डम्बरभन्दा ११५५ भोटले अगाडि

विराटनगर । इलाम २ मा पर्ने फाकफोकथुम गाउँपालिकाको ७ वटै वडाको गणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको ताजा अपडेटअनुसार एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

एमालेका सुहाङले ४४१३ भोट ल्याउँदा कांग्रेसका डम्बर खड्का ३२५८ मतले पछ्याइरहेका छन् । दुईजनाबीच ११५५ मतको अन्तर छ ।

यहाँ स्वतन्त्र उम्मेदवार डकिन्द्र थेगिम ९६३ भोटका साथ तेस्रो स्थानमा छन् । चौथो स्थानमा रहेका रास्वपाका मिलन लिम्बूको ६४५ भोट छ ।

७ नम्बर वडामा एमालेले ६३० भोट, कांग्रेसले ४७६ भोट, मुढाले १७९ र घण्टीले ८४ भोट थपेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर