बझाङमा २ वटा पालिका गनिसक्दा अभिषेकभन्दा दमन ६२५ भोटले अगाडि, कसको कति ? – Nepal Press

बझाङमा २ वटा पालिका गनिसक्दा अभिषेकभन्दा दमन ६२५ भोटले अगाडि, कसको कति ?

कैलाली । बझाङमा मतगणना जारी छ । अहिलेसम्म छबिसपाथिभरा र खप्तडछान्ना गाउँपालिकाका सबै वडाको मतगणना सकिएको छ भने थलरा गाउँपालिकाको ९ नम्बर वडा पनि गणना गरिएको छ । छबिसपाथिभरामा ७ र खप्तड छान्नामा ७ वडा रहेका छन् । अहिले सम्म १५ वडाको मत परिणाम अनुसार एमालेको अग्रता कायमै छ ।

एमाले उम्मेदवार दमन भण्डारीले ३ हजार ६२६ मत पाउँदा कांग्रेस उम्मेदवार अभिषेक सिंहले ३ हजार १ मत पाएका छन् । उनीहरु बिच ६२५ मतको अन्तर रहेको छ ।

हालसम्म माओवादी उम्मेदवार जनक बुढाले १ हजार ९०४ मत र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार २ मत प्राप्त गरेका छन् ।

छबिसपाथिभराबाट एमाले उम्मेदवार भण्डारीले ६ सयभन्दा बढीले लिड गरेका थिए । उनलाई खप्तड छान्ना गाउँपालिकामा ब्रेक लाग्यो । यहाँ कांग्रेस उम्मेदवार सिंहले एमाले उम्मेदवार भण्डारीभन्दा बढी मत पाए । उता थलराको एउटा वडामा फेरि एमाले उम्मेदवार भण्डारीको लिड देखियो ।

बझाङमा ५० मध्ये अहिले सम्म १५ वडाको मतगणना सकिएको र अब ३५ वडाको वाकी रहेको छ । अहिले जनपृथ्वी नगरपालिका वडा नम्बर १ को मतगणना सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर