शान्तिश्री र अर्जुनको ‘बस्यौ अलक्कै’ मा गरिमा र विराजको अभिनय (भिडिओ) – Nepal Press

शान्तिश्री र अर्जुनको ‘बस्यौ अलक्कै’ मा गरिमा र विराजको अभिनय (भिडिओ)

काठमाडौं । लोकगायक अर्जुन सापकोटा र शान्तिश्री परियारको नयाँ गीत ‘बस्यौ अलक्कै’ रिलिज भएको छ ।

म्यूजिक भिडिओमा सापकोटासहित गरिमा शर्मा र विराज बास्कोटाको अभिनय रहेको छ । गीतमा वैदेशिक रोजगारीको बाध्यताले सिर्जित गरेको अवस्थालाई चित्रण गर्न खोजिएको छ भने युवतीप्रति युवकको एकतर्फी प्रेमलाई प्रस्तुत गरिएको छ ।

गीतमा अर्जुनकै संगीत रहेको छ भने सन्तोष सापकोटाको शब्द रहेको छ भने एचबिएन किस्मतले एरेन्ज गरेका छन् ।

भिडिओको निर्देशन तथा कथा विशाल घिमिरेको रहेको छ भने बादल घिमिरे, सुवास खत्री, आकाश नेपाली, शिवु पाण्डे, बाल कलाकार सायम केसी र आरूष केसीको पनि अभिनय देख्न सकिन्छ ।

भिडिओको छायांकन बुद्द थापा र सम्पादन मिलन विश्वकर्माले गरेका छन् ।

गीत गायक अर्जुनको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर