वागमती अर्थमन्त्रीद्वारा आर्थिक सल्लाहकारमा प्रा. डा. सुवेदी नियुक्त – Nepal Press

वागमती अर्थमन्त्रीद्वारा आर्थिक सल्लाहकारमा प्रा. डा. सुवेदी नियुक्त

हेटौंडा । आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्राध्यापक डा. कपिलदेव सुवेदीलाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका छ्न् । लामो समयदेखि प्राध्यापन पेशामा संलग्न रहँदै आएका सुवेदीलाई थपलियाले नियुक्त गरेका हुन् ।

मन्त्रालयले उनलाई बौद्धिक सम्पत्तिको रुपमा प्रयोग गर्ने मन्त्री थपलियाले बताए । अहिले बजेट निर्माणको समय भएकाले मन्त्रालयले सहयोगको अपेक्षा गरेको मन्त्री थपलियाले बताए ।

चितवन निवासी डा. सुवेदीबाट प्रदेशलाई अग्रगामी बनाउन कर्मचारीहरूसँग समन्वय गरेर अगाडि बढ्ने मन्त्री थपलियाले अपेक्षा ब्यक्त गरे ।

सल्लाहकारको भूमिका पाएपछी प्रतिक्रिया दिदै सुवेदीले आफ्नो भुमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने र यो अवसरलाई जिम्मेवारीका साथ लिने बताए ।

डा. सुवेदीले जनताको अपेक्षा बमोजिम योजना बनाउने र गुणस्तरीय सेवा प्रदान गर्न मन्त्रालयलाई सहयोग गर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर