सर्वोच्चको फैसलापछि ९ आईएसपीबाट पौने ४ अर्ब राज्यकोषमा जम्मा हुने, कसकाे भागमा कति ? – Nepal Press

सर्वोच्चको फैसलापछि ९ आईएसपीबाट पौने ४ अर्ब राज्यकोषमा जम्मा हुने, कसकाे भागमा कति ?

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि नेपालका नौवटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट करिब पौने चार अर्ब राज्यकोषमा जम्मा हुने भएकाे छ । वर्ल्ड लिंक कम्युनिकेसनले दायर गरेका आठवटा रिट सर्वोच्चले खारेज गरेपछि ती कम्पनीहरुले  राेयल्टी र आरटीडीएफवापत राजश्व तिर्नुपर्ने भएकाे हाे ।

आइतबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले वर्ल्ड लिंकको माग दाबी अस्वीकार गर्दै रिट खारेज गरिदिएकाे थियाे । मर्मतसम्भार शुल्कमा कर तिर्नु नपर्ने वर्ल्ड लिंककाे मागदावी अदालतले स्वीकार गरेन ।

विभिन्न ९ वटा इन्टरनेट सेवाप्रदायकले राेयल्टी र आरटीडीएफवापतकाे ३ अर्ब ६४ करोड ४१ लाख ८६ हजार ३७७ रुपैयाँ तिरेका छैनन् । यसमा सबैभन्दा ठूलो हिस्सा वर्ल्ड लिंक कम्युनिकेशनको छ । उसको मात्रै रोयल्टी र आरटीडीएफ गरी एक अर्ब ९६ करोड ६२ लाख २ हजार ४८ रुपैयाँ रहेको छ ।

त्यसैगरी, भायानेट कम्युनिकेसनबाट ४१ करोड भन्दा बढी, सुविसुबाट ३३ करोडभन्दा बढी, क्लासिक टेकबाट ३१ करोडभन्दा बढी, टेकमाइण्डबाट ३० करोड भन्दा बढी, वेबसर्फरबाट साढे १२ करोडभन्दा बढी, मर्कन्टायलबाट १० करोडभन्दा बढी, पोखरा इन्टरनेटबाट ४ करोडभन्दा बढी र नेटम्याक्सबाट २ करोडभन्दा बढी रकम असुल गर्न बाँकी रहेको छ ।

हेर्नुस् कुन ISP कम्पनीबाट कति तिर्न बाँकी ?


प्रतिक्रिया

2 thoughts on “सर्वोच्चको फैसलापछि ९ आईएसपीबाट पौने ४ अर्ब राज्यकोषमा जम्मा हुने, कसकाे भागमा कति ?

  1. अहिले चाहिँ अदालतले ठिक गरेछ बधाई छ गर्ने न्यायाधीशलाई

  2. अहिले चाहिँ अदालतले ठिक गरेछ बधाई छ नेपाली जनताको तर्फबाट आदेश गर्ने न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नहकुल सुवेदी ज्यु लाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर