दुर्घटनामा घाइते नेपालप्रेसकर्मी नविनकाजीको स्वास्थ्य सामान्य सुधार, भेन्टिलेटरबाट बाहिर निकालियो – Nepal Press

दुर्घटनामा घाइते नेपालप्रेसकर्मी नविनकाजीको स्वास्थ्य सामान्य सुधार, भेन्टिलेटरबाट बाहिर निकालियो

काठमाडौं । स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका नेपालप्रेसकर्मी नविनकाजी राईको स्वास्थ्यमा सामान्य सुधार आएको छ ।

उपचारमा संलग्न काठमाडौं मेडिकल कलेज सिनामंगलका चिकित्सकका अनुसार उनलाई आज भेन्टिलेटरबाट बाहिर निकालिएको छ । दुर्घटनापछि टाउकोमा जमेको रगत निकाल्ने शल्यक्रिया शनिबार करिब ६ घण्टा लगाएर सम्पन्न भएको थियो । रक्त चाप निकै कम रहेकाले बढाउनका लागि औषधि चलाइएको अस्पतालले जनाएको छ ।

बिस्तारै नविनले श्वासप्रश्वास लिन थालेपछि उनलाई भेन्टिलेटरबाट निकालिएको छ । शरीरका अंगहरू पनि चल्न थालेको चिकित्सकले बताएका छन् । उनको स्वास्थ्यमा क्रमशः सुधार हुने अपेक्षा गरिएको छ ।

चिकित्सकले १४ दिनसम्म प्रत्यक्ष निगरानीमा राखेर हेर्ने बताएका छन् । अघिल्लो दिनको तुलनामा बिरामीको स्वास्थ्यमा केही सुधार देखिएको र उनको होस खुलेको छ । बहिनीले उनलाई भेट्दा चिनेको आभास बिरामीले देखाएका छन् ।

नेपालप्रेसका वरिष्ठ संवाददाता राई शनिबार बिहान दरबारमार्गको राइजिङ मलअगाडि सडक दुर्घटनामा परेका थिए । उनलाई ट्रमा सेन्टरबाट केएमसीमा रिफर गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर