बाँके खोकरी कुसुममा फौलिएको झाडापखाला नियन्त्रणमा – Nepal Press

बाँके खोकरी कुसुममा फौलिएको झाडापखाला नियन्त्रणमा

बाँके ।  बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा आकस्मिकरुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर उपचार गरेपछि झाडापखाला नियन्त्रणमा आएको जनाइएको छ ।

“एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका थिए । तीमध्ये आठ जनाको अवस्था गम्भीर थियो । स्वास्थ्यकर्मीको टोली गाउँमा गएर उपचारमा संलग्न भएसँगै झाडापखाला नियन्त्रणमा आएको छ”, स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले भने ।

राप्तीसोनारी अस्पतालका चिकित्सक डा. राम शाहको नेतृत्वमा गाउँमै पुगेको स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार गरेको थियो । तीन जनालाई स्वास्थ्य चौकीमा भर्ना गरेर थप उपचार गरिएको राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए ।

खोकना कुसुममा झाडापखाला फैलिएको जानकारी आउनसाथ कुसुम स्वास्थ्य चौकीबाट प्रमुख अमरसिंह महतारा र पालिकाको स्वास्थ्य शाखा प्रमुख केसीलगायत टोली टोलीले तत्काल गाउँमा पुगेर उपचार सुरु गरेको थियो ।

“एक जना स्थानीयको घरमा आयोजित भोजमा खानेपानीको समस्या भएको पाएका छौँ । सो भोजमा सहभागीहरुमा पखाला फैलिएको हो”, स्वास्थ्य शाखा प्रमुख केसीले भने । पानी शुद्धीकरण गर्ने औषधि र पखालाका अन्य औषधिसहित चिकित्सकको टोली समयमै गाउँमा पुगेकाले पखाला छिट्टै नियन्त्रणमा आएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर