अब माओवादी पार्टी फुट्छ : उपप्रधानमन्त्री उपेन्द्र यादव – Nepal Press

अब माओवादी पार्टी फुट्छ : उपप्रधानमन्त्री उपेन्द्र यादव

जसपा नेपाल माओवादीले फुटाएको आरोप

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अब पार्टी फुट्ने पालो नेकपा माओवादी केन्द्रको भएको बताएका छन् ।

रफत सञ्चार क्लबले शुक्रवार भक्तपुरमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै यादवले माओवादीले नै आफ्नो पार्टी फुटाएको आरोप लगाउँदै अव फुटको सिकार माओवादी नै हुने बताएका हुन् ।

पार्टी फुटाउने नेताहरूलाई मागे जति दिएर पनि सन्तुष्ट बनाउन नसकेको टिप्पणी गर्दै उनले उनीहरूको गन्तव्य माओवादी र एमाले नै भएको जिकिर गरे । पार्टी फुटाएको विषयलाई लिएर सर्वोच्चमा न्यायका लागि जाने उनको भनाइ छ ।

नयाँ पार्टीको नाम, झन्डा, लोगो एउटै भएको अवस्थामा अघिल्लो दिन साँझ आवेदन लिएर भोली पल्ट पार्टी दर्ता गरेको निर्वाचन आयोगलाई सोध्दा दबाबमा परेको भन्दै सर्वोच्च जान आयोगले नै सुझाव दिएको उनले बताए । उनले पार्टी फुटले सरकारलाई कुनै असर नगर्ने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर