बागमतीका ६ संसदीय समिति सभापतिले लिए शपथ – Nepal Press

बागमतीका ६ संसदीय समिति सभापतिले लिए शपथ

हेटौंडा । बागमती प्रदेश संसदीय समितिका नवनिर्वाचित ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भुवनकुमार पाठकले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

प्रदेश मामिला समिति सभापति छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समिति सभापति श्रीराम लामिछाने, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समिति सभापति नुरज बज्राचार्य र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले शपथ ग्रहण गरेका हुन् ।

प्रदेश मामिला समिति सभापति लामा र सार्वजनिक लेखा समिति सभापति लामिछाने कांग्रेस प्रदेशसभा सदस्य हुन् । उद्योग पर्यटन तथा वातावरण समिति सभापति श्रेष्ठ एमाले, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ढकाल माओवादी केन्द्र, अर्थ तथा विकास समिति सभापति बज्राचार्य राप्रपा र विशेषाधिकार समिति सभापति शर्मा एकीकृत समाजवादीका सांसद हुन् ।

यसअघि बागमती प्रदेशसभामा पाँच वटामात्र समिति थियो । सत्तारुढ दल र विपक्षको भागबन्डा मिलाउन एउटा समिति थपिएको हो ।

बागमती प्रदेशसभामा सहभागी ८ मध्ये ६ वटा दलले समितिको नेतृत्व पाएका छन् । सत्तारुढ हाम्रो नेपाली पार्टी र विपक्षी दल नेपाल मजदुर किसान पार्टीले भने समितिको नेतृत्व पाएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर