कांग्रेसले समिति होइन, सरकार माग गरेको होः महेश बर्तौला (भिडिओ) – Nepal Press

कांग्रेसले समिति होइन, सरकार माग गरेको होः महेश बर्तौला (भिडिओ)

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार माग गरेको आरोप लगाएका छन् ।

सोमबार सदनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गृहमन्त्री रवि लामिछानेको नाममा छानबिन समिति बनाएर राजीनामा माग्ने र सरकार ढाल्ने बदनीयत कांग्रेसले राखेको भन्दै त्यो सम्भव नहुने स्पष्ट पारे । कांग्रेस पूर्वाग्रही भएको भन्दै बर्तौलाले कोही व्यक्तिको नाममा अनुसन्धान गर्न समिति बनाउन नसकिने जिकिर गरे ।

उनले भने, ‘नेपाली कांग्रेसको यसप्रकारको दादागिरी, उदण्डता, अराजकता, अधिनायकवादी तरिका स्वीकार्य हुन सक्दैन । यदि कांग्रेस संवादको माध्यमबाट अगाडि बढ्न तयार छ भने हामी सम्वादको सबै वातावरण बनाएर अगाडी जान तयार छौँ । कार्यदलको बैठक बस्न सक्छ । कार्यदललाई व्यवस्थित ढंगले लैजान चाहान्छौँ । सहकारी पीडितलाई न्यायको प्रक्रियाबाट अगाडि जान चाहन्छौँ । बचतकर्ताहरूको बचतको सुरक्षाको सुनिश्चितता गर्न चाहान्छौँ । ठगी र बदमासी गर्नेलाई कारबाही गर्न चाहन्छौँ । त्यो यो संसदीय छानबिन समितिले गर्न सक्छ । तर, नेपाली काँग्रेस तयार छ ?’

बर्तौलाले थपे, ‘तपाईँहरूलाई चाहिएको छ रवि लामिछानेको नाम । नाम लिने, भोलिपल्टदेखि सदनमा राजीनामा माग्ने । सरकारलाई ढाल्ने । अस्थिरतातर्फ मुलुकलाई लैजाने दाउपेच नेपाली कांग्रेसको छ । नेपाली कांग्रेसले समिति माग गरेको होइन । समितिको नामबाट सरकार माग गरेको हो । जुन कुरा असम्भव छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर