सहकारी प्रकरण चर्किएपछि कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक – Nepal Press

सहकारी प्रकरण चर्किएपछि कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय समिति र र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । जेठ ९ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनका अनुसार बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमको बारेमा पनि छलफल हुनेछ ।

उनले भने, ‘बैठकमा प्रदेश सभापतिहरू पनि केन्द्रीय समितिको बैठकमा उपस्थित हुने व्यवस्था छ । अहिलेको बैठकमा प्रदेश संसदीय दलका नेतालाई पनि बोलाएका छौँ ।’

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समितिको माग गर्दै आइरहेको छ । तर, समिति बनाउन दुवै पक्ष तयार भए पनि सहमति भाँडिएपछि कांग्रेसले पार्टीको रणनीति बनाउन बैठक राखेको हो । कांग्रेसका भातृ संगठनहरु अहिले नै सहकारी प्रकरणमा सडकमा पनि निस्किसकेका छन् ।

सहमति बनाउनेबारे छलफल सकारात्मक भए पनि हिजो गृहमन्त्रीले सदनमा दिएको जवाफ र आज कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि सहमतिको सम्भावना टर्दै गइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर