विद्यार्थी दिवसमा क्रान्तिकारीले डिजिटल वक्तृत्वकला प्रतियोगिता गर्ने – Nepal Press

विद्यार्थी दिवसमा क्रान्तिकारीले डिजिटल वक्तृत्वकला प्रतियोगिता गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।

नेपाली विद्यार्थी आन्दोलनको गौरवपूर्ण दिन जेठ १ को दिन ५९औं विद्यार्थी दिवसको दिन पारेर केन्द्रीय समितिको आयोजनामा ‘समृद्ध नेपालको आधार शिक्षा र रोजगार’ विषयक डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता तय गरिएको संगठनका सचिव उपदेश यादवले जानकारी दिए

प्रतियोगिता समन्वयको जिम्मेवारी संगठनका उपाध्यक्ष पवन कार्कीलाई दिइएको छ । त्यस्तै माओवादी केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज हिमाल शर्मा, त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. केशव भुसाल, नेपाल प्रज्ञा परिषदका प्राज्ञ परिषद सदस्य बाबा बस्नेत सम्मिलित ३ सदस्यीय निर्णायक समिति बनाइएको छ ।

डिजिटल वक्तृत्वकलामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमश: ५९ हजार, ३९ हजार, १९ हजार र ९ हजार पुरस्कार राशी तोकिएको छ । दिइएको शीर्षकमा अधिकतम ५ मिनेट शरीरको पूर्ण भाग देखिने गरी उभिएर आफ्नो विषय प्रस्तुत गरिएको भिडिओ हुनुपर्ने आयोजकले बताएको छ ।

उक्त भिडिओ वैशाख १६ देखि २५ गते बेलुका ७ बजेसम्म [email protected] मा इमेल गरी पठाउन सकिने सचिव यादवले बताए ।

उनका अनुसार वक्तृत्वकलाका भिडिओ वेशाख २६ देखि संगठनको अफिसियल पेजमा राखिने र वैशाख ३० गते राति ११ बजेसम्म आएका लाइक, शेयर, भ्यूजक र अनलाइन भोटिङको परिणामको आधारमा पुरस्कृत गरिने‍छ ।


प्रतिक्रिया

One thought on “विद्यार्थी दिवसमा क्रान्तिकारीले डिजिटल वक्तृत्वकला प्रतियोगिता गर्ने

  1. धेरै राम्रो कुरा । यो अवसरको लागि हार्दिक किर्तज्ञत प्रकट गर्दछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर