आर्सनलको जितले प्रिमियर लिग थप रोमाञ्चक – Nepal Press

आर्सनलको जितले प्रिमियर लिग थप रोमाञ्चक

हेटौंडा । म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै आर्सनलले आइतबार इंग्लिस प्रिमियर लिग उपाधि जित्ने होडमा आफुलाइ कायम राखेको छ ।

ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेड विरुद्ध १–० ले विजयी भएपछि उपाधिको होड अन्तिम सातासम्म जाने पनि भएको छ ।

खेलको एक मात्र गोल लियानड्रो ट्रोसार्डले २० औं मिनेटमा गरे । जितले आर्सनल ८६ अंकमा शीर्षमा पनि उक्लिएको छ र उसले एक खेल खेल्न बाँकी छ । दोश्रो स्थानमा रहेको म्यान्चेस्टर सिटिले दुई खेल खेल्न बाकी छ र उ आर्सनल भन्दा एक अंकले पछि छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर