नेकपा एसनिकट अखिलले दुई दिने शैक्षिक गोष्ठी गर्दै – Nepal Press

नेकपा एसनिकट अखिलले दुई दिने शैक्षिक गोष्ठी गर्दै

काठमाडौं । विद्यार्थी आन्दोलनको इतिहासको सम्झना स्वरुप नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले ‘विद्यार्थी दिवस’ मनाउने भएको छ । दिवसको सन्दर्भमा अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा जेठ १ र २ गते दुई दिने शैक्षिक गोष्ठी आयोजना गर्न लागेको हो ।

ूआजको पूँजीवाद, शिक्षा प्रणाली र विद्यार्थी आन्दोलनू विषयक गोष्ठी देशभरबाट आउने विद्यार्थीको सहभागितामा मनाउन लागिएको संगठनका संगठनका अध्यक्ष आरती लामाले बताइन् । उनका अनुसार आफ्नो आन्दोलनको इतिहासको स्मृतिमा दिवस मनाउन लागिएको भए पनि अनेरास्ववियूले नेपालको विद्यमान शैक्षिक प्रणालीका विविध आयाममाथि गम्भिर बहस गर्न लागेको हो । गोष्ठीमा विद्यार्थी आन्दोलनको विगतको सिकाइ र आजको तयारीबारे समेत गहिरो विमर्श हुनेछ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने शैक्षिक गोष्ठीमा राजनीति र शिक्षा क्षेत्रका विज्ञ व्यक्तित्व र विद्यार्थीका बीचमा अन्तरक्रियात्मक छलफल हुने बताइएको छ ।

अनेरास्ववियूका अनुसार गोष्ठीमा खासगरी नेपालको शिक्षा प्रणालीमा विश्व पूंजीवादको प्रभाव, समाजवादी शिक्षा, शिक्षण विधीको राजनीति र विचारको लडाइँ, विश्वविद्यालय जीवनमा नवउदारवादको प्रभाव तथा समाजवादी शिक्षाको आगामी बाटो जस्ता विषयमा छलफल हुने छ ।

गोष्ठीमा नेकपा (एकीकृत समाजवादी)का बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाल सहित विभिन्न पार्टीका नेताको सहभागिता रहने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर