टेलिकमले कमायो साढे ५ अर्ब नाफा, प्रतिसेयर आम्दानी साढे ४१ रुपैयाँ – Nepal Press

टेलिकमले कमायो साढे ५ अर्ब नाफा, प्रतिसेयर आम्दानी साढे ४१ रुपैयाँ

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कमाएको नाफा हो ।

टेलिकमको नाफा गत वर्ष यसै अवधिको तुलनामा ३ प्रतिशतले बढी हो । गत वर्ष यसले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी १६ करोड ११ लाखबाट बढेर ५३ करोड पुगेको छ । यस्तो आम्दानी बढेकै कारण नाफा पनि बढेको हो । हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको सञ्चालन आम्दानी भने घटेको छ । गत वर्ष २७ अर्ब ३४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी घटेर २५ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ ।

त्यसै गरी, वित्तीय आम्दानी पनि ५ अर्ब ७० करोडबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा झरेको छ ।

कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष ४० रुपैयाँ ९ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले बढेर ४१ रुपैयाँ ४४ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५१२ रुपैयाँ ९९ पैसा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर