एमालेका कोशी प्रदेश अध्यक्ष खतिवडालाई केन्द्रीय संगठन विभागको सचेत पत्र – Nepal Press

एमालेका कोशी प्रदेश अध्यक्ष खतिवडालाई केन्द्रीय संगठन विभागको सचेत पत्र

विराटनगर । नेकपा एमालेको केन्द्रीय संगठन विभागले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालाई ओखलढुंगा जिल्ला अधिवेशनमा पक्षधरता देखाएकोमा लिखितरुपमा सचेत गराएको छ ।

गत चैत २६ गते आयोजित एमाले ओखलढुंगाको जिल्ला अधिवेशनका बेला निश्चित व्यक्ति र समूहलाई फाइदा हुनेगरी प्रदेश अध्यक्ष खतिवडासहितले जिल्ला कमिटी सदस्य,गाउँपालिका कमिटी अध्यक्षसहितका जिम्मेवार  ६ जना नेताको सदस्यता नविकरणलाई मान्यता दिएको थिएन ।

माओवादीबाट एमालेमा समाहित भएका नेता खड्ग कार्कीसहित ६ जनाको सदस्यता नविकरण छुटेकोमा तत्कालीन जिल्ला कमिटीको अनुरोधमा संगठन विभागले गत कात्तिकमै नविकरण प्रमाणित गरेर पठाएको थियो ।

तर अधिवेशनमा उनीहरुलाई सहभागी हुन नदिने नियतले प्रदेश अध्यक्ष खतिवडा, जिल्ला इन्चार्ज खगेन्द्र राईसहित अध्यक्ष मण्डलले केन्द्रीय संगठन विभागको पत्रलाई समेत मान्यता नदिई ६ जनाको सदस्यता अश्वीकृत गरेको विषय केन्द्रमा पुगेको हो ।

विभागले जिल्ला अधिवेशनकै बेला पनि उनीहरुको सदस्यता नविकरण प्रमाणित भएको पत्र पठाएको थियो । संगठन विभागको पत्रलाई अश्वीकार गर्दै जिल्ला अधिवेशनमा केही पार्टी सदस्यहरुलाई सहभागी हुन नदिएको भन्दै प्रदेश अध्यक्षलाई सचेत पत्र पठाइएको हो ।

नविकरण भएर सदस्यता स्थानान्तरण समेत भई गएका सदस्यहरुलाई जिल्ला अधिवेशनको प्रक्रियामा सहभागी हुन नदिइएको विषयमा जानकारी आएको विभागका प्रमुख काशिनाथ अधिकारीले पठाएको सचेत पत्रमा उल्लेख छ ।

विभागले आउने दिनमा यस्तो कमी नरहोस् भन्दै सचेत गराएको हो । जिल्ला अधिवेशनमा विभागको निर्देशन समेत अटेर गरिएपछि तत्कालीन अध्यक्ष शंकर कटुवालले पार्टी नै परित्या गरिसकेका छन् ।

याे पनि पढ्नुहाेस् –


प्रतिक्रिया

One thought on “एमालेका कोशी प्रदेश अध्यक्ष खतिवडालाई केन्द्रीय संगठन विभागको सचेत पत्र

  1. इश्वर पोखरेल शेर धन राई अमिर बाबू लाई पनि दिनु पर्छ यहि तरिका हो भने ८४ मा पनि एमाले को हार हुनेछ केन्द्र ले अझै मसिनो गरि ओखलढुंगा को संगठन हेर्नू जरुरी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर