कोशी सरकार निर्माणमा सहभागी नगराइएपछि नेकपा एसका राजेन्द्र राई असन्तुष्ट – Nepal Press

कोशी सरकार निर्माणमा सहभागी नगराइएपछि नेकपा एसका राजेन्द्र राई असन्तुष्ट

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले संघीय गठबन्धनमा आफ्नो पार्टी भए पनि कोशीमा भने नयाँ सरकार गठनको प्रक्रियामा आफूलाई सामेल नगराइएको बताएका छन् ।

संघीय गठबन्धनमा एकीकृत समाजवादी सामेल भए पनि उनले एमाले र माओवादीले सरकार गठनको प्रक्रियाको बारेमा कोशीमा आफूसँग सरसल्लाह र छलफल नगरेको बताए ।

नेपाल प्रेससँग कुरा गर्दै पूर्वमुख्यमन्त्री राईले २ वटा पार्टीले बहुमत पुगिहाल्छ नि भने जसरी नयाँ सरकार गठनको प्रक्रिया थालेकाले आफू र आफ्नो पार्टी सरकार गठनको प्रक्रियामा सहभागी हुन नसकेको बताए ।

उनले भने, ‘यहाँ बहुमत पुगिहाल्यो ? किन सहभागी गराउनु भने जसरी काम गर्नुभयो हामी पनि दुई थान मन्त्रीका लागि नयाँ सरकार गठनको प्रक्रियामा सहभागी हुन गएनौ ।’ उनले आफू र आफ्नो पार्टी कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियाको विषयमा समेत असहमत रहेको बताए ।

उनले भने, ‘मध्यरातमा किन सरकार गठनको आव्हान गर्नु पर्यो ? उज्यालोमा गर्दा पनि हुने थियो ।’ उनले कोशी प्रदेश प्रमुख केन्द्रीय सत्ता गठबन्धनको छाया भएर काम गरेको भन्दै असन्तुष्टि जनाए ।

‘मध्यरातमा सरकार गठनको आव्हान गर्नु पर्ने के जरुरी थियो ? मध्यरातमा आव्हान नगर्दा के बित्थ्यो’, उनले भने, ‘उहाँले (प्रदेश प्रमुख) ले एमाले माओवादी र केन्द्रीय सत्ता गठबन्धनको छायाँ भएर काम गर्नु भयो यसमा मेरो असन्तुष्टि छ ।’

उनले एमाले र माओवादीले कोशी प्रदेश सभामा दर्ता गराएका संकल्प प्रस्तावको पक्षमा समेत नरहेको बताए । राईले प्रदेश प्रमुखले डाइरेक्ट मुख्यमन्त्री नियुक्ति गर्नु हुँदैन भन्नेमा थिए । उनले सुनाए, ‘मैले सरकार गठनका लागि अदालतको व्याख्या चाहिन्छ भनेको थिए तर उहाँहरूले मान्नु भएन ।’

उनले सरकार गठनको प्रक्रियामा असन्तुष्टि भए पनि केन्द्रीय गठबन्धनमा रहेकाले सर सल्लाह गर्नु पर्ने बताए । सरसल्लाह गरे र सरसल्लाह अनुसार काम गरे सरकारमा आफ्नो पार्टी सहभागी हुने बताए ।

उनले भने, ‘हिजो एमालेसँग राम्रो थिएन भन्दैमा, माओवादीसँग कुरा मिलेन भन्दैमा सरकारमा सहभागी नहुने भन्ने पनि होइन तर सल्लाह त गर्नु पर्यो नि ?’

उनले एकीकृत समाजवादी सरकारमा सहभागी हुन र गठबन्धन कायम गर्न तयार रहको बताए ।

 

 


प्रतिक्रिया

5 thoughts on “कोशी सरकार निर्माणमा सहभागी नगराइएपछि नेकपा एसका राजेन्द्र राई असन्तुष्ट

  1. विना सिटका पंगुरामहरूलाई पद चाहिने ।

  2. कुन्ठे माकुनेको कान्छा भाइ🖕🖕यता पनि अपमान भएछ 👏👏😂😂

  3. बिचरा ! माछा मार्न जाँदा “जान्न” भन्दै मन्टो बटार्ने भाइले माछा बाड्ने बेला मलाई किन नबोलाएको भनेर फूर्ति देखाएछन् ! कस्ता हुस्सू ?

  4. भान्से बन्ने अौकात छैन खान दिएनन् भनेर रोईलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर