बलिउडमा काम नपाएपछि सानातिना कार्यक्रममा नाच्दै हिँड्छन् गोविन्दा – Nepal Press

बलिउडमा काम नपाएपछि सानातिना कार्यक्रममा नाच्दै हिँड्छन् गोविन्दा

काठमाडौं । भारतीय चलचित्र उद्योग बलिउडमा कुनै समय गोविन्दाको निकै ठूलो नाम थियो । उनलाई फिल्ममा खेलाउन निर्माता–निर्देशकको लाइन लाग्थ्यो । तर, त्यो अब इतिहास भइसकेको छ ।

गोविन्दाले लामो समयदेखि बलिउडमा कामबिहीन छन् । उनलाई कुनै पनि फिल्मको अफर छैन । पछिल्लोपटक उनले सन् २०२२ मा ‘रंगीला राजा’ मा अभिनय गरेका थिए, जुन सुपर फ्लप भयो । उनको हिट फिल्म खोज्न सन् २००९ मा रिलिज भएको ‘पार्टनर’ मा फर्किनुपर्छ ।

अभिनय र डान्समा पोख्त गोविन्दा फिल्म खेल्न नपाएपछि आर्थिक समस्यामा परे । फलतः पछिल्ला दिनहरुमा उनी मामूली कार्यक्रमहरुमा देखिन थालेका छन् । आजकाल उनलाई राजनीक दलका चुनावी सभाहरुमा नाचिरहेको देख्न सकिन्छ ।

गोविन्दा अहिले शिवसेना पार्टीमा छन् । एक दशकपछि राजनीतिमा कमब्याक गर्दै उनले शिवसेना रोजेका हुन् । उनी सन् २००४ मा कांग्रेसबाट लोकसभा चुनाव लडेर जितेका थिए । तर, उनले पछि कांग्रेस छोडेर राजनीतिमा निष्क्रिय बनेका हुन् । अहिले फेरि उनी चुनावको संघारमा राजनीतिक कार्यक्रमहरुमा देखिन थालेका छन् ।

केही दिनअघि उनी शिवसेनाको एउटा सभामा उपस्थित भएका थिए । उक्त सभामा गोविन्दालाई नाच्न लगाइएको थियो । मञ्चमा अतिथिहरुका अगाडि उनी एक्लै नाचेका थिए, जुन दृष्य उनका फ्यानहरुले पचाउन सकिरहेका छैनन् । केही दिनअघि गोविन्दा नेपालमा पनि एउटा कार्यक्रममा नाचेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *