पारामाउन्ट्स प्रालिद्वारा नेपालमा वुलिङ्ग ईभी बिक्री वितरण सुरु – Nepal Press

पारामाउन्ट्स प्रालिद्वारा नेपालमा वुलिङ्ग ईभी बिक्री वितरण सुरु

काठमाडौं । विश्व स्तरीय विद्युतीय गाडी वुलिङ्ग आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट्स प्रा.लि.ले बहुप्रतिक्षित वुलिङ्ग बिंगुओ ईभी नेपालमा भित्राएको छ । यस सुखद कार्यको घोषणा गर्न पाउँदा गर्व लागेको कम्पनी ले जनाएको छ । विशेष कार्यक्रमबीच लन्च गरिएको यस गाडी प्रती सबैको चासो रहेको र अत्यन्तै उत्साहपूर्ण सहभागीता भएको जानकारी भएको छ । नेपालमा अत्याधुनिक एवम् पर्यावरण–मैत्री विद्युतीय सवारी क्षेत्रमा यस गाडीले नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

बिंगुओ ईभीमा ३१. ९ किलोवाटको लिथियम–आयन फस्फेट ब्याट्री जडान गरिएको छ, जसले एक पटक चार्जमा ३३३ किलोमिटरसम्मको सहज एवम् आरामदायी यात्रा गराउने छ। ७९० लिटर क्षमताको बुट स्पेस भएको द्यष्लनगय भ्ख् छोटो तथा लामो दूरीको यात्राको लागि उत्कृष्ट ढंगले डिजाइन गरिएको छ । रु. ३१ लाख ९९ हजार सुरुवाती मूल्य पर्ने यस गाडीको क्षमता, बनोट, सुविधा एवम् प्राविधिक पक्ष अनुसार प्रतिस्पर्धी माझ मूल्य पनि आकर्षक रहेको विश्लेषण गरिएको छ ।

यो गाडी मिल्क टी, ग्यालेक्सी ब्लू र मूस ग्रीन गरि तीन आकर्षक कलरहरुमा उपलब्ध छ। गुणस्तरीय लेदर सिटहरु भएको यस गाडीमा १० इन्चको इन्फोटेन्मेट स्क्रिन छ । सुरक्षाको दृष्टिकोणले क्रुज कन्ट्रोल, इलेक्ट्रिक ड्राइभर सिट, ड्युल एयर ब्याग, इबिडी सहितको एबिएस तथा हिल होल्ड लगायतका थुप्रै प्रविधिहरु अपनाइएको छ ।

लन्च कार्यक्रममा बिंगुओ ईभीका प्रत्यक्ष प्रदर्शन र यसका विशेषताहरु तथा यसले प्रदान गर्ने सुविधाहरुको बारेमा समेत जानकारी प्रदान गरिएको थियो भने टेस्ट ड्राइभ मार्फत सहभागीहरुलाई ड्राइभिङ अनुभव समेत प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीहरूले यसको बनोट, विस्तारित सुविधा, सुरक्षा, प्राविधिक पक्ष अनि सहजताको आधारमा उत्कृष्ट रहेको बताउँदै अत्याधुनिक सुरक्षा सुविधाहरू र प्रयोगकर्ता–मैत्री इन्फोटेनमेन्ट प्रणालीको लागि प्रशंसा गरेका थिए ।

पारामाउन्ट्स प्रा. लि. ले लन्च कार्यक्रममा उपस्थित हुने सबैलाई कृतज्ञता व्यक्त गर्दै नजिक हुनको लागि शोरूम भ्रमण गर्न समेत आग्रह गरिएको छ । निकट भविष्यमा कम्पनीको थप परिस्कृत मोडलहरु भित्राउदै नयाँ–नयाँ सुविधाहरु प्रदान गर्दै जाने प्रतिबद्धता पारामाउन्ट्स ले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर