कोशी : हिक्मतको पक्षमा हस्ताक्षर गरेका सांसदहरूको सनाखत धमाधम – Nepal Press

कोशी : हिक्मतको पक्षमा हस्ताक्षर गरेका सांसदहरूको सनाखत धमाधम

विराटनगर । कोशी प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीको रूपमा हिक्मत कार्कीले दाबी पेस गरेसँगै प्रदेशसभा सदस्यहरूलाई सनाखत गराउन शुरु गरिएको छ ।

मुख्यमन्त्रको रूपमा समर्थन गरेका ५२ जना कोशी प्रदेश सभा सदस्यहरू सनाखतका लागि प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका छन् ।

उनीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित गराई सनाखत गराउने काम भइरहेको छ ।

कोशी प्रदेशको सरकार गठनका लागि संविधानको धारा १६८ (५) बमोजिम हिजो सरकार गठनका लागि आह्वान भएको थियो ।

सरकार गठनकालागि माओवादीका १३ र एमालेका ३९ जना प्रदेश सभा सदस्यले कार्कीलाई मुख्यमन्त्रीको रूपमा समर्थन गरेका छन् । सनाखत पछि आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर