एमाले कपिलवस्तुको अध्यक्षमा दुई जनाको उम्मेदवारी – Nepal Press

एमाले कपिलवस्तुको अध्यक्षमा दुई जनाको उम्मेदवारी

रुपन्देही । नेकपा एमाले कपिलवस्तुको १० औं अधिवेशनबाट नयाँ नेतृत्वका लागि अध्यक्षमा तीन जनाको उम्मेदवारी परेकोमा एक जनाले फिर्ता लिएसँगै दुई जनाको कायम रहेको छ ।

निवर्तमान अध्यक्ष डम्मर शर्मा, उपाध्यक्ष विश्राम चौधरी र यसअघिका प्रतिस्पर्धी बाबुराम खनालले अध्यक्षमा उम्मेदारी दिएका थिए । तर अन्तिम समयमा चौधरीले फिर्ता लिएसँगै शर्मा र खनालबीच प्रतिस्पर्धा हुने भएको छ । शर्मा र खनालले प्यानलगत उम्मेदारी दिएपनि चौधरीको एकल उम्मेदारी परेको थियो ।

तीन जनाको उम्मेदारी परेपनि अन्तिममा निवर्तमान उपाध्यक्ष रहेका विश्राम प्रसाद थारुलाई फिर्ता गराएर अन्तै व्यवस्थापन गराउने नेताहरुले सहमति गरेका छन् ।

उपाध्यक्षका लागि शंकर पाण्डे, भेषराज पाण्डे र टोपलाल पोखरेलको उम्मेदारी परेको छ । सचिवमा सिबी गहतराज, विश्व कार्कीको उम्मेदारी परेको छ । उपसचिव खुलामा ७ जनाको उम्मेदारी रहेको छ । कमल क्षेत्री, गोविन्द आचार्य, देवी पोखरेल, छवि रेश्मीमगर, विष्णुप्रसाद गौतम, शारदानन्द यादव, विनोद चौधरीले उपसचिवमा उम्मेदारी दिएका छन् ।

महिला उपसचिवमा शुशुीला दर्लामी र माधुरी अग्रहरीको उम्मेदारी परेको छ । १२० सदस्यीय कमिटीको १२ खुला सदस्यमा ५३ जनाको उम्मेदारी परेको छ । बुधबार सुरु भएको अधिवेशनमा ५५९ जना प्रतिनिधि सहभागी रहेका छन् । अहिले उम्मेदारी सकिएसँगै दावी विरोधको प्रकृया सुरु केन्द्रीय निर्वाचन समितिका सदस्य डा. हरि भण्डारीले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर