कानूनमन्त्री गिरी भन्छन्- एकपछि अर्को माग थप्दै कांग्रेसले बाधा पुर्‍यायाे (भिडिओ) – Nepal Press

कानूनमन्त्री गिरी भन्छन्- एकपछि अर्को माग थप्दै कांग्रेसले बाधा पुर्‍यायाे (भिडिओ)

काठमाडौं । कानूनमन्त्री पदन गिरीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज गरेको निर्णय त्रुटिपूर्ण रहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले सदन चलाउन सहयोग नगरेको आरोप लगाए ।

उनले भने, ‘संसदीय समिति बनाउने कुरामा सत्तापक्ष तयार भयो । त्यसपछि कांग्रेसले सहज ढंगले सदन खुलाउन सहयोग गर्नुपर्छ कि पर्दैन ? सरकारले विश्वासको मत लिने संवैधानिक बाध्यता छ त्यो राख्न पनि नपाउने ?

उनले कांग्रेसले एकपछि अर्को माग थप्दै संसदीय गतिविधिमा बाधा पुर्‍याएको बताए । कांग्रेस गैरसंसदीय र अलोकतान्त्रिक ढंगबाट प्रस्तुत भएको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर