को बन्ला राष्ट्रिय वाणिज्य बैंकको सिइओ ? पाँच जना परे सर्ट लिस्टमा – Nepal Press

को बन्ला राष्ट्रिय वाणिज्य बैंकको सिइओ ? पाँच जना परे सर्ट लिस्टमा

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन दिएका मध्येबाट पाँच जनाको नाम ‘सर्टलिस्ट’ मा परेको छ ।

सर्ट लिस्टमा परेकाहरूमा नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर अधिकारी, राष्ट्रिय वाणिज्यका डेपुटी सीईओ देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छन् ।

आवेदन दिएकामध्ये सर्ट लिस्टमा पाँचको नाम छनोट गरी व्यावसायिक कार्य योजना प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाएको छ । सीईओका लागि जेठ ९ मा बैंक केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ ।

सीईओ छनोट उपसमितिको आइतबार बसेको बैठकले अन्तर्वार्ताका लागि बोलाउने निर्णय गरेको हो । सीईओका लागि २० जनाले आवेदन दिएका थिए ।

बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएपछि सो पद रिक्त छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर