एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ – Nepal Press

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ

रूपन्देही । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट गुरुङ प्रतिद्वन्द्वी डिल्ली बीसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

गुरुङले २७३ मत प्राप्त गर्दा बीसीले १४६ मत मात्र प्राप्त गर्न सकेका छन् ।

निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् । प्रदेश सरकारका सामाजिक विकास मन्त्रीसमेत रहेका खत्रीले २९२ मत पाएका छन् । उनीसँग चुनाव लडेका युवा उम्मेदवार रवीन्द्र लम्सालले १३४ मत पाएका छन् ।

त्यसैगरी सचिव पदमा बलराम भट्टराई १३६ मतका साथ बिजयी हुँदा खिल प्रसाद भुसालले १०० मत, भिम वलीले ८९ मत र दत्त आचार्यले ८३ मत पाएका छन् । उपसचिव महिलामा निर्मला सुनार बिजयी भएकी छन् भने पुरुषमा किशोर थापा बिजयी भएका छन् ।

उपाध्यक्ष खत्री बिसी प्यानलबाट र सचिव भट्टराई गुरुङ प्यानलबाट चुनाव लडेका थिए ।

नवौं जिल्ला अधिवेशनमा विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनको बन्द शत्रमा उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

एमाले बाँकेको जिल्ला सदस्यमा राप्ती सोनारी गाउँपालिकाबाट खुल्ला(महिला)मा यमकुमारी ओली, सदस्य खुल्ला (पुरुष) मा नरेन्द्रप्रसाद लामिछाने, मनोज केसी र विश्वराज खनाल तथा सदस्य (आदिवासी जनजाती)मा अंकित श्रेष्ठ, सदस्य(दलित)मा लिलमान दमाई, सदस्य (मधेसी)मा लालतारा (अजय गद्दी), सदस्य (युवा पुरुष)मा ज्ञानेन्द्रराज वली र सदस्य (युवा महिला)मा रिताकुमारी खत्री बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।

नरैनापुर गाउँपालिकाबाट सदस्य (खुला महिला)मा सुनेना मिश्र, सदस्य खुला (पुरुष)मा पारशनाथ पाण्डे, सदस्य (मधेसी)मा राजकुमार तिवारी, सदस्य (युवा)मा विक्रम यादव निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ ।

त्यस्तै कोहलपुर नगरपालिकाबाट सदस्य (आदिवासी जनजाती महिला) मा मनिसरा श्रेष्ठ, सदस्य (मुस्लिम)मा सफी मोहम्मद गुजर निर्विरोध निर्वाचित भएका छन् ।

डुडुवा गाउँपालिकाबाट सदस्य खुला(पुरुष)मा झंकबहादुर थापा र महेन्द्रबहादुर शाही, सदस्य खुला(महिला)मा सरोजकुमारी यादव, सदस्य मधेसीमा मोहनराम मिश्र निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिकाबाट सदस्य दलित (महिला)मा रमा गहतराज विश्वकर्मा, सदस्य दलित(पुरुष)मा बुद्धिबहादुर बि.क., सदस्य युवा (पुरुष)मा मनोज विश्वकर्मा र हंसराज खनाल, सदस्य मुस्लिम (महिला)मा तलतप्रविण खान, सदस्य युवा(महिला)मा सुमन गिरी श्रेष्ठ, सदस्य (आदिवासी जनजाती जनजाती महिला)मा गंगा श्रेष्ठ निर्वाचित भएका छन् ।

जानकी गाउँपालिकाबाट सदस्य खुला (महिला)मा प्रेमलक्ष्मी हमाल, सदस्य खुला(पुरुष)मा खिमप्रकाश विष्ट, विश्राम बर्मा र रमेशकुमार बर्मा, सदस्य मधेसीमा राजकुमार धोवी, सदस्य (युवा)मा हिमान्सु यादव र सदस्य आदिवासी जनजाती०मा सुरेश यादव निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै खजुरा गाउँपालिकाबाट सदस्य (मधेसी)मा साविर जोलाह, सदस्य (मुस्लिम)मा जैनुल आवद्धिन खाँ, सदस्य ९महिला०मा भिमसरा भण्डारी निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । बैजनाथ गाउँपालिकाबाट सदस्य खुला(महिला)मा कल्पना थापा, कौशिला कठायत, निर्मला मल्ल र प्रेम पुर्ण योगी, सदस्य दलित (महिला)मा मनमाया चुनारा र सदस्य युवा ९महिला०मा भुमिसरा मगर निर्विरोध निर्वाचित भएका छन् ।

सदस्य जिल्ला खुला (महिला)मा उषाकुमारी भण्डारी, नन्दकुमारी बिष्ट, ममता जैसी, विजुला अधिकारी, सारा परियार र शोभा बिसी, सदस्य जिल्ला युवा (खुला)मा सुमन घिमिरे, सदस्य जिल्ला युवा (मुस्लिम)मा निसार अहमद दर्जी, सदस्य जिल्ला थारु ९पुरुष०मा अर्जुन चौधरी र सदस्य जिल्ला थारु(महिला)मा कृष्णकुमारी थारु निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा समितिको उपाध्यक्षमा डिल्लीराम शर्मा, लेखा सचिवमा विश्वसेन गौतम, लेखा सदस्य (महिला)मा चन्द्रकला लामिछाने, जमुना केसी र नन्दा घिमिरे तथा लेखा सदस्य (खुल्ला) मा मोतीप्रसाद भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् । यी बाहेक अन्य पदमा भने मतदान हुने नेकपा एमाले नवौं जिल्ला अधिवेशन निर्वाचन कमिटीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर