नेपाल प्रेस समाचार प्रभाव : मलेसियाबाट ४ वर्षदेखि सम्पर्कविहीन शमशेरले गरे घरमा फोन – Nepal Press

नेपाल प्रेस समाचार प्रभाव : मलेसियाबाट ४ वर्षदेखि सम्पर्कविहीन शमशेरले गरे घरमा फोन

काठमाडौं । करिब ४ वर्षदेखि मलेसिया गएर परिवारबाट सम्पर्कविहीन शमशेर चन्द सम्पर्कमा आएका छन् । वैदेशिक रोजगारका लागि मलेसिया गएका बैतडी जिल्लाका शमशेर चन्द परिवारको सम्पर्कमा आएका हुन् ।

करिब ४ वर्षदेखि परिवारको सम्पर्कमा नआएपछि शमशेरकी दिदी पार्वतीले नेपाल प्रेससँग भाइको खोजिएका लागि अनुरोध गरेकी थिइन् ।

गत वैशाख २८ गते नेपाल प्रेसमा बैतडीका शमशेर करिब ४ वर्षदेखि परिवारको सम्पर्कमा नआएको समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचार प्रकाशित भएको करिब १० दिनपछि सम्पर्कमा नआएका शमशेर सम्पर्कमा आएको उनकी दिदी पार्वती चन्दले नेपाल प्रेसलाई जानकारी दिइन् ।

पार्वतीले भाइले बिहानै फोन गरेको कुरा नेपाल प्रेसलाई बताइन् ।

पार्वतीले भनिन्, ‘बिहानै भाइले फोन गर्‍यो । मलाई विश्वास नै लागेन । मेरो खुसीको सीमा थिएन । यकिन दुवै फोनमै रोए । भाइले फोन गरेपछि मेरो खुसीको सीमा थिएन । सबैभन्दा पहिले तपाईँलाई धन्यावाद दिन चाहन्छु । यतिका वर्षसम्म केहि भएको थिएन । तपाईँको समाचार प्रकाशित भएपछि आज मेरो भाइ सम्पर्कमा आएको छ । नेपाल प्रेसले प्रकाशित गरेको समाचार सबै दाजुभाइ तथा साथीहरूले सेयर गरेका थिए । जसको कारण आजै मेरो सम्पर्कमा आएको छ । यसका लागि तपाईँको समाचार माध्यमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’

करिब १२ वर्षअघि मलेसिया वैदेशिक रोजगारका लागि गएका शमशेरले ४ वर्षअघि बुबासँग अन्तिम फोनमा कुरा गरेर सम्पर्कविहीन भएका थिए । दिदीले लामो समयसम्म आफ्नो भाइको खोजिएका लागि विभिन्न व्यक्तिहरूलाई अनुरोध गरेकी थिइन । तर, पनि कतैबाट पहल हुन सकेकाे थिएन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर