मोबाइल चलाउँदा विज्ञापन आएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् बन्द – Nepal Press

मोबाइल चलाउँदा विज्ञापन आएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् बन्द

काठमाडौं । स्मार्टफोनमा कुनै पनि ब्राउजर अथवा एप्लिकेशन चलाउँदा बारम्बार विज्ञापन आउने गर्छ । मोबाइल प्रयोगकर्ताले नचाहेर पनि यस्ता विज्ञापन बारम्बार आइरहन्छ । जुन एन्ड्रोइड प्रयोगकर्ताहरुको समस्या नै बनिसकेको छ ।

हामी मोबाइलमा एप्लिकशन चलाउँदा यस्तो विज्ञापनको परमिसन अर्थात स्वीकृति दिइरहेका हुन्छौं । सामान्यतया नयाँ एप्लिकेशन तथा साइटहरुले मागेको स्वीकृति हामीले नपढेरै दिने गर्छौं । जुन अनावश्यक आउने विज्ञापनको एक कारण हो । यसका साथै दिनमा सयौं साइटहरुमा लगइन र भिजिट गर्दा पनि आफ्नो स्वीकृति र गोपनीयता छोडिरहेका हुन्छौं । त्यसले पनि यस्ता अनावश्यक विज्ञापन आउँछ । यस्ता समस्याबाट मुक्त हुन अर्थात अनावश्यक विज्ञापन ब्लक गर्न केही सेटिङस् परिवर्तन गर्नुपर्ने हुन्छ ।

विज्ञापन ब्लक गर्ने केही तरिका

पहिलो : मोबाइलको सेटिङ्सबाट यसलाई सजिलै बन्द गर्न सकिन्छ । जसमा पहिले मोबाइलको सेटिङ्समा ‘कनेक्सनस्’ खोज्नुपर्ने हुन्छ । अधिकांश स्मार्टफोनमा ‘कनेक्सन’ मात्रै रहेको हुन्छ भने कुनैमा ‘कनेक्सन एण्ड शेयरिङ’ पनि हुन्छ । त्यसैगरी सेटिङ्सबाट सीधै कनेक्सन सर्च गरेर पनि खोज्न सकिन्छ ।

पहिले ‘कनेक्सनस’ मा क्लिक गर्दा आउने अप्सनहरुमा ‘मोर कनेक्सनस’ क्लिक गर्नुहोस् । कतिपयमा सीधै कनेक्सन खोल्दा नै सेटिङ्सहरु देखिन्छन् ।

‘मोर कनेक्सनस’ अथवा सीधै कनेक्सनमा क्लिक गर्दा देखिएका अप्सनहरुमा ‘प्राइभेट डीएनएस’ अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ ।

‘प्राइभेट डीएनएस’ मा तीन अप्सन देखिन्छन् । जसमा ‘प्राइभेट डीएनएस प्रोभाइडर होस्ट नेम’ लाई छनोट गरी तल लेखिएको नामलाई हटाएर स्मल लेटरमा ‘डीएनएस डट एडगार्ड डटकम’ (dns.adguard.com) लेखेर सेभ गर्नुहाेस् ।

दोस्रो : सामान्यतया सबैलाई अधिकांश एड अर्थात विज्ञापन क्रोम अथवा कुनै पनि ब्राउजर चलाउँदा आउने गर्छ । त्यसका लागि सबैको स्मार्टफोनमा रहेको क्रोम ब्राउजरमा गएर केही सेटिङ्स परिवर्तन गर्नुहोस् ।

पहिले क्रोममा जानुहोस् । क्रोम खुलेपछि माथिल्लो दाहिने छेउमा रेहका तीन थोप्लामा क्लिक गर्नुहोस् । उक्त तीन थोप्लोमा विभिन्न अप्सन देखिन्छन् । जसमध्ये सेटिङ्स अप्सनमा क्लिक गर्नुहोस् ।

सेटिङ्समा क्लिक गरेपछि अझै थप अप्सन खुल्छन् । उक्त अप्सनमध्ये ‘साइट सेटिङ्स’मा क्लिक गर्नासाथ विभिन्न आइकनहरु खुल्छन् ।

विभिन्न आइकनहरुमध्ये ‘एडस’ अथवा ‘इनट्रुसिभ एड्स’ आइकनमा क्लिक गर्नुहोस् । उक्त अप्सनभित्र अन अर्थात चालू रहेको अप्सनलाई अफ अर्थात बन्द गर्नुहोस् । यसले ब्राउजर चलाउँदा होस या स्क्रिनमै बारम्बार आइरहने विज्ञापनलाई ब्लक गरिदिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर