इलाम २ को प्रारम्भिक गणनामा नेकपा एसका उम्मेदवार जीतबहादुरलाई शून्य मत – Nepal Press

इलाम २ को प्रारम्भिक गणनामा नेकपा एसका उम्मेदवार जीतबहादुरलाई शून्य मत

काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चुनावी कमाण्डर बनेको इलाम २ को प्रारम्भिक मतगणनामा नेकपा एसका उम्मेदवारले शून्य मत पाएका छन् ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न हुँदा नेकपा एसका उम्मेदवार जीतबहादुर राईले एक मत पनि पाएनन् । जबकी कुनै संगठन र कार्यकर्तासमेत नभएको नेपाल मजदुर किसान पार्टीले पनि सो वडाबाट एक मत पाएको छ ।

यो वडामा स्थानीय तहको निर्वाचनमा कांग्रेसले वडाध्यक्ष जितेको थियो । वडा नम्बर १ मा कांग्रेसका कर्णवहादुर लिम्बूले ८०४ मत पाएर जित्दा एमालेका बेगवहादुर निरौलाले ४७७ मत पाएका थिए । त्यसबेला नेकपा एसले कांग्रेसलाई सघाएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर