नवीकरण दस्तुर नबुझाएको भन्दै कर्णाली नेटवर्कको लाइसेन्स खारेज – Nepal Press

नवीकरण दस्तुर नबुझाएको भन्दै कर्णाली नेटवर्कको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कर्णाली नेटवर्क सर्भिसेज प्रालिको अनुमति पत्र खारेज गरेको छ ।

चन्दन नाथ नगरपालिका ८, जुम्लामा इन्टर्नेट (इमेल सहित) सेवाको अनुमति पाएको कर्णाली नेटवर्कको लाइसेन्स खारेज गरिएको प्राधिकरणले जनाएको छ ।

कर्णाली नेटवर्कले तोकिएको समयभित्र नवीकरण दस्तुर बुझाएर दाखिल नगलेको भन्दै दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको जनाएको छ ।

साथै इन्टरनेट सेवा सञ्चालन गरे बापत नियमानुसार तिर्न/बुझाउन पर्ने दस्तुर एवं वित्तीय विवरणहरू ३० दिन भित्र फर फारक गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ । सो समयमा नबुझाए सरकारी बाँकी सरह प्रचलित कानून अनुसार असुल उपर गरिने प्राधिकरणद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर