इलाममा आज मतगणना नहुने – Nepal Press

इलाममा आज मतगणना नहुने

भाेलि बिहानलाई बाेलाइयाे सर्वदलीय बैठक

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा भएकाे प्रतिनिधिसभा निर्वाचनको मतगणना भोलि मात्रै हुने भएको छ ।

निर्वाचन आयोगले आज मध्यरातिबाट भएपनि मतगणना सुरु गर्ने बताएको भएपनि गणना स्थलमा मतपेटिका आउन ढिलाइ भएपछि भोलिबाट मात्रै गणना सुरु हुने भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोलि बिहान सर्वदलीय बैठक बोलाएको छ ।

मत गणना सुरु हुनु अघि बस्ने बैठक बिहान ७ बजेका लागि बोलाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले बताए । उनका अनुसार मतगणना समबन्धि समन्वय बैठक भोलि बिहान ७ बजे बोलाइएको छ । बैठकपछि मतगणना सुचारु हुने छ । इलाम २ मा ६० प्रतिशत मत खसेको छ । ६ वटा पलिकाका ४२ वटा वडामा आज चुनाव भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर