अर्जुन र सुस्मिता बने वर्ष उत्कृष्ट खेलाडी – Nepal Press

अर्जुन र सुस्मिता बने वर्ष उत्कृष्ट खेलाडी

पोखरा । अर्जुन कुमाल र सुस्मिता थापा मगरले आठौं संस्करणको पोखरा स्पोर्टस अवार्डमा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।

खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजनामा पोखरा सभागृहमा शुक्रबार भएको कार्यक्रममा पुरुषतर्फ क्रिकेटका अर्जुन र महिलातर्फ आइटिएफ तेक्वान्दोकी सुस्मिताले अवार्ड हात पारेका हुन् ।

अर्जुनले टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारीलाई पछि पारे । सुस्मिताले भलिबलकी अरुणा शाही र आर्चरी अनुष्का शेरचनलाई पछि पार्दै अवार्ड जितिन् । अवार्ड जितेका अर्जुन र सुस्मिताले टेलजीको इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गरे ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडीको अवार्ड ब्याडमिन्टनकी दिलासा राना र वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसीले जितेका छन् ।

दिलासाले क्रिकेटकी ज्योत्सीका मरासिनी र एथलेटिक्सका बादल कार्कीलाई पछि पारिन् । रमेशले टेनिसका निरज थापा र क्रिकेटका रिजन प्रजुलाई पछि पारे ।

उत्कृष्ट खेल संघको अवार्ड सहारा क्लब पोखराले प्राप्त ग¥यो । उत्कृष्ट खेल पत्रकारको अवार्ड पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिएको छ ।

उदीयमान खेलाडी, वर्षोत्कृष्ट प्रशिक्षक, खेल संघ र खेल पत्रकारले अवार्डसँगै ३५ हजार रुपैयाँ हात पारेका छन् ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड एथलेटिक्सकी प्रशिक्षक इन्द्रा मल्ललाई प्रदान गरिएको छ । उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

ओलम्पियन नारायण गुरुङ र टेनिसका अन्तर्राष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बास्तोलालाई स्पेसल अवार्ड प्रदान गरियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *