कांग्रेसको मागबारे देवेन्द्र पौडेल भन्छन्- व्यक्ति विशेषलाई ताकेर छानबिन समिति बन्दैन (भिडिओ) – Nepal Press

कांग्रेसको मागबारे देवेन्द्र पौडेल भन्छन्- व्यक्ति विशेषलाई ताकेर छानबिन समिति बन्दैन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले व्यक्ति विशेषलाई ताकेर संसदीय छानबिन समिति नबन्ने बताएका छन्।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले भने, ‘व्यक्ति विशेषलाई ताकेर होइन, समग्र सहकारी पीडितलाई न्याय दिने गरी र सहकारीमा भएका अपचलनका विषयहरूलाई सही ढंगले छानबिन गर्न समिति बनाउन सकिन्छ त भनिएकै छ।’

संसद् अवरोध गरेर कसैलाई फाइदा नहुने बताए।

उनले थपे, ‘संसद् चलाएर कानून बनाउनुपर्छ। सरकारले ल्याएको विषयमा चित्त नबुझेर कुरा उठाएर असहमति राखेर सदन चलाउनु लोकतन्त्रको सुन्दर पक्ष हो।’

उनले बजेट अधिवेशनको पहिल्यै दिन कांग्रेसले सदनमा अवरोध गरेर संसदीय अभ्यास विपरीत गतिविधि गरेको आरोप लगाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर