रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते – Nepal Press

रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

सुर्खेत । रूकुम पश्चिमको आठबिसकोटबाट जाजरकोटको रिम्ना जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको र मृत्यु ३ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो भे २ त १६६८ नम्बरको ट्याक्टर आठबिसकोट नगरपालिका–१४ छेपारेस्थित जाजरकोट–डोल्पा सडकबाट भेरी नदीमा खस्दा २ जनाका मृत्यु र ३ जना घाइते भएका हुन् ।

मृत्युु हुनेमा ट्याक्टर चालक आठबिसकोट नगरपालिका–१४ छेपारेका २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि आचार्यको दुर्घटनास्थलमै मृत्यु भएको रूकुम पश्चिमका डिएसपी नवराज पोखरेलले जानकारी दिए ।

यस्तै, घाइते हुनेमा सोही स्थानका आठबिसकोट– १४ का चिन्तामणि शर्मा, सोही ठाउँका १८ वर्षीय विकास पोखरेल र सानोभेरी– ४ का १६ वर्षीय निशान बुढाथोकी घाइते भएका छन् ।

घाइतेको मिसन अस्पताल चौरजहारीमा उपचार भएको थियो ।

उनले भने, ‘तीन जनामध्ये बुढाथोकी डिस्चार्ज भएका छन् भने अन्य दुईजना शर्मा र पोखरेललाई थप उपचारका लागि हस्पिटलले नेपालगन्ज रिफर गरेको छ ।’

तीव्र गतिका कारण दुर्घटना हुन सक्ने डीएसपी पोखरेलले बताए ।

ट्र्याक्टर नदीमा खस्नुअघि नै त्यसमा सवार रहेकाहरू उछिट्टिएर पाखामा पुगेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर