क्लबबाहिर निर्घात कुटपिट गरी फरार २ जना पक्राउ – Nepal Press

क्लबबाहिर निर्घात कुटपिट गरी फरार २ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुटपिट तथा अंगभंग कसुरमा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।

काभ्रेको रोसी-४ का २६ वर्षीय मिलन तामाङ र तेमाल-७ का २८ वर्षीय विजय लामालाई पक्राउ गरिएको एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

गत फागुन १७ गते कोटेश्वरस्थित केएलसी क्लबाहिर राजन बरुवाललाई अंगभंग हुने गरी कुटपिट गरेको आरोप उनीहरूमाथि छ ।

पक्राउ परेका मध्ये मिलन यसअघि विभिन्न ५ वटा कसुरमा मुद्दा खेपेका व्यक्ती हुन् ।

जुवा सम्बन्धी कसुरमा २०७३ सालमा ललितपुरमा, ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा २०७४ सालमा काठमाडौंमा तथा २०७७ सालमा चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौंमा प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।

उनले दुई पटक अभद्र व्यवहार कसुर पनि खेपेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *