चट्याङबाट संखुवासभाको सभापोखरीमा ७२ भेडा मरे – Nepal Press

चट्याङबाट संखुवासभाको सभापोखरीमा ७२ भेडा मरे

किमाथांका (संखुवासभा) । संखुवासभाको सभापोखरी गाउँपालिका-५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार राति चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका जानकारी दिए ।

सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी-५ का सोमबहादुर लिम्बूको चार सय भेडामध्ये ७२ वटा भेडा मरेको बताइन् । चापागाईँका अनुसार रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको थियो ।

सभापोखरी गाउँपालिकाको माथिल्लो भेग ताप्लेजुङ र चीनसँग जोडिएको छ । घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्दछ । सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त ६० भन्दाबढी भेडीगोठ छन् । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *