सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते – Nepal Press

सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते

सुर्खेत । वीरेन्द्रनगर–१४ स्थित कटुकुवामा मिनीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

सोमवार दिउँसो दैलेखको भुकाबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बाकी बसमा सवारहरू मध्ये घाइतेहरूको कर्णाली प्रदेश अस्पताल र कर्णाली केयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी उपरीक्षक रुपेश खड्काले नेपाल प्रेसलाई जानकारी दिए ।

बसमा सवार २५ जना मध्ये १८ जनालाई उपचारका लागि हस्पिटल पुर्‍याइरहेका छौँ उनले भने, मृतकको पहिचान खुलेको छैन घाइतेहरूको विवरण सङ्कलन हुँदैछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर