लैंगिक अल्पसंख्यक भेटे गृहमन्त्री, नागरिकता समस्या सम्बोधन गर्न माग – Nepal Press

लैंगिक अल्पसंख्यक भेटे गृहमन्त्री, नागरिकता समस्या सम्बोधन गर्न माग

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग लैंगिक अल्पसंख्यकहरुले भेटेर नागरिकताको समस्या सम्बोधन गर्न माग गरेका छन् ।

उनीहरुले नागरिकता पाउनका लागि झेल्नुपरेको समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै स्वअनुभूतिका आधारमा नागरिकता पाउने व्यवस्था गर्न माग गरेका हुन् ।

उनीहरुले सुरक्षा निकाय (प्रहरी र सशस्त्र प्रहरी) मा लैंगिक तथा यौनिक अल्पसंख्यकले पनि सहभागिता जनाउन पाउने व्यवस्था गरिदिन पनि गृहमन्त्री लामिछानेलाई आग्रह गरे ।

भेटमा भेटमा मन्त्री लामिछानले यो समाजमा सबैका अधिकारी बराबर भएको बताए ।

‘यो समाजमा मेरो जति अधिकार छ तपाईंहरुको पनि त्यति नै छ । हरेक व्यक्तिले आफ्नो अधिकार निर्वाध प्रयोग गर्न पाउनु पर्छ भन्नेमा सचेत छु। सरकार पनि सचेत छ। जुन समाजमा लैंगिक अल्पसङ्ख्यकको सम्मान हुँदैन त्यो समाज बस्नयोग्य हुँदैन’, उनले भने, ‘हामी नागरिकता कार्याविधिमा छलफल गर्ने तयारीमा छौं । उक्त छलफलमा तपाईंहरुलाई पनि निमन्त्रणा गर्छौं। तपाईंहरुका समस्या तपाईंहरुकै प्रतिनिधिबाट सुनेर सरकारले आगामी योजना बनाउनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर